जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको अवस्थाबारे विभिन्न अनुमान भइरहेका छन्।
यसैबीच उनका छोरा कासिम खानले आफ्ना बुवा जीवित रहेको प्रमाण दिन पाकिस्तान सरकारसँग माग गरेका छन्।
कासिमले बिहीबार साँझ एक्समा लेखेका छन्, ‘मेरो बुबा ८४५ दिनदेखि जेलमा हुनुहुन्छ। पछिल्लो ६ हप्तादेखि, उहाँलाई डेथ सेलमा एक्लै राखिएको छ। अदालतको आदेशको बाबजुद उहाँका दिदीबहिनीहरूलाई उहाँसँग भेट्न दिइएको छैन। कुनै फोन कल गरिएको छैन, जसको अर्थ हामीसँग उहाँ जीवित रहेको कुनै प्रमाण छैन। म र मेरो भाइ पनि हाम्रो बुबालाई सम्पर्क गर्न असमर्थ छौँ।’
उनले अगाडि लेखेका छन्, ‘पाकिस्तान सरकार र यसका मालिकहरूले मेरो बुबाको सुरक्षा र यस अमानवीय एक्लोपनका हरेक असरको कानुनी, नैतिक र अन्तर्राष्ट्रिय जिम्मेवारी लिनेछन् कि लिने छैनन् भन्ने कुरा स्पष्ट पारिनुपर्छ।’
कामिसले अन्तर्राष्ट्रिय समुदाय तथा मानव अधिकार संस्थाहरूलाई यस विषयमा हस्तक्षेप गर्न अपिल पनि गरेका छन्।
— Kasim Khan (@Kasim_Khan_1999) November 27, 2025My father has been under arrest for 845 days. For the past six weeks, he has been kept in solitary confinement in a death cell with zero transparency. His sisters have been denied every visit, even with clear court orders allowing access. There have been no phone calls, no… pic.twitter.com/VZm26zM4OF
इमरान खानका दिदीबहिनीहरूले पनि आफूहरूलाई २३ दिनदेखि इमरानसँग भेट्न नदिइएको बताएका छन्।
पूर्वप्रधानमन्त्री इमरान खान पाकिस्तानको पन्जाब प्रान्तको अदियाला जेलमा छन्।
क्रिकेटरबाट राजनीतिज्ञ बनेका इमरान खान अगस्ट २०२३ देखि जेलमा छन्।
केही दिनदेखि जेलमै उनको मृत्यु भइसकेको अफवाह फैलिरहेको छ। तर अदियाला जेल प्रशासनले इमरान खान सकुशल रहेको दाबी गरेको छ।
यद्यपि खानको परिवारका कसैले पनि उनलाई भेट्न पाएका छैनन्।
Shares

प्रतिक्रिया