ग्लोबल


भारतका विदेशमन्त्री जयशंकरले गरे चीनका राष्ट्रपति सीसँग भेटवार्ता

भारतका विदेशमन्त्री जयशंकरले गरे चीनका राष्ट्रपति सीसँग भेटवार्ता

नेपालखबर
असार ३१, २०८२ मंगलबार १०:३९, काठमाडौँ

भारतका विदेशमन्त्री एस. जयशंकरले मंगलबार बेइजिङमा चीनका राष्ट्रपति सी चिनफिङसँग भेट गरेका छन्। 

एस. जयशंकरले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत सीसँग भेटघाट गरेको जानकारी दिएका हुन्। 

उनले लेखेका छन्, "मैले उहाँलाई (सी चिनफिङ) लाई हामी (भारत र चीन) बीचको द्विपक्षीय सम्बन्धमा हालै भएको विकासबारे जानकारी गराएको छु। यस विषयमा हाम्रा नेताहरूको मार्गदर्शनलाई हामी अत्यन्त महत्त्वपूर्ण ठान्छौँ।"

भारतका विदेशमन्त्री जयशंकर सांघाई सहयोग संगठन (एससीओ) को सम्मेलनका लागि चीन पुगेका हुन्। 

यसअघि सोमबार एस. जयशंकरले चीनका विदेशमन्त्री वाङ यीलाई भेटेका थिए।

बैठकपछि उनले भारत र चीन बीचको द्विपक्षीय सम्बन्धसहित सीमासम्बन्धी समस्या समाधानबारे छलफल भएको बताएका छन्। 

पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा २०२० मा भएको सैन्य विवादपछि भारतका विदेशमन्त्री एस. जयशंकर पहिलोपटक चीन भ्रमणमा गएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad