भारतका रक्षा प्रमुख अर्थात् चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल अनिल चौहानले चीन, पाकिस्तान र बंगलादेशको गठबन्धन आफ्नो देशको स्थिरता र सुरक्षाका लागि ठूलो खतरा भएको बताएका छन्।
मंगलबार एक थिंक ट्याङ्क कार्यक्रममा बोल्दै उनले भने, ‘चीन, पाकिस्तान र बंगलादेशबीच कुनै पनि प्रकारको रणनीतिक सहयोग हुन्छ भने यसको प्रत्यक्ष प्रभाव भारतको सुरक्षामा पर्नेछ।’
भारत र पाकिस्तानबीचको मे ७-१० मा भएको सैन्य द्वन्द्वलाई उल्लेख गर्दै जनरल चौहानले दुई आणविक हतियारधारी देश प्रत्यक्ष रूपमा युद्धमा उत्रिएको पहिलोपटक भएको बताए।
उनले भने, ‘भारतले पहिले नै स्पष्ट गरिसकेको छ- कुनै पनि प्रकारको आणविक ब्ल्याकमेलबाट डराउने छैन।’
चीन-पाकिस्तान गठबन्धनलाई उल्लेख गर्दै सीडीएस चौहानले पाकिस्तानले पाँच वर्षमा आफ्नो ७० देखि ८० प्रतिशतसम्म हतियार र उपकरण चीनबाट खरिद गरेको बताए।
उनले चिनियाँ सैन्य कम्पनीहरूको चासो पाकिस्तानमा रहेको दाबी पनि गरे।
Shares

प्रतिक्रिया