ad ad

ग्लोबल


बंगलादेशको अन्तरिम सरकार प्रमुखमा युनुस नियुक्त

बंगलादेशको अन्तरिम सरकार प्रमुखमा युनुस नियुक्त

फाइल तस्बिर : मोहम्मद युनुस


नेपालखबर
साउन २३, २०८१ बुधबार ७:३२, काठमाडौँ

बंगलादेशमा राजनीतिक अस्थिरताका बीच मंगलबार राति अन्तरिम सरकारको प्रमुख नियुक्त गरिएको छ।

नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुख बनेका छन्।

राष्ट्रपति मोहम्मद शाहबुद्दिनले युनुसको नियुक्तिको घोषणा गरेका हुन्।

राष्ट्रपति र विभेद विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरूबीच भएको भेटमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको प्रेस सचिवले जानकारी दिए। बैठकमा तीनै सेनाका प्रमुखको समेत उपस्थिति थियो।

विभिन्न राजनीतिक दलसँगको छलफलपछि अन्तरिम सरकारका अन्य सदस्य टुंगो लगाइने प्रेस सचिवले जानकारी दिए।

विद्यार्थी आन्दोलनले उग्र रूप लिएपछि शेख हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिँदै यही अगस्ट ५ मा भारत भागेपछि बंगलादेशमा अन्तरिम सरकार गठन गरिएको हो। 

युनुस हाल देशबाहिर छन्। तर उनले शेख हसिनाको बहिर्गमनलाई स्वागत गर्दै यसलाई देशको दोस्रो स्वतन्त्रता भनेका थिए।

युनुस लघु ऋण आन्दोलनका प्रणेता मानिन्छन्। जो शेख हसिनाका शत्रु पनि हुन्।

‘गरिबका ब्यांकर’ उपनाम पाएका युनुस र उनले स्थापना गरेको ग्रामीण ब्यांकले सन् २००६ को नोबेल शान्ति पुरस्कार पाएको थियो।

सय डलरभन्दा कमको रकम ऋण उपलब्ध गराएर दसौँ लाख ग्रामीण गरिबलाई गरिबीबाट मुक्त गरेको भन्दै उनीहरूलाई पुरस्कृत गरिएको थियो। 

सफल हुँदै गएपछि युनुसले राजनीतिमा हात हाल्ने कोसिस पनि गरे। २००७ मा उनले पार्टी पनि गठन गर्न खोजे। 

तर, उनको प्रयासले हसिना क्रुद्ध भइन्। उनले युनुसलाई ‘गरिबको रगत चुसेको’ आरोप लगाइन्।

साना ऋणदाताले चर्को ब्याज असुल्ने गरेको आरोप लाग्यो। तर, त्यो ऋणको ब्याजदर स्थानीय साहुबाट लिइने ऋणको ब्याजदरभन्दा निकै कम रहेको युनुसको तर्क थियो। 

२०११ मा हसिना सरकारले उनलाई ग्रामीण ब्यांकको प्रमुखबाट हटायो।

६० वर्षको उमेरमा हट्नुपर्ने व्यक्ति ७३ वर्षसम्म बसेको सरकारको भनाइ थियो। सो निर्णयविरुद्ध मानव साङ्लो बनाएर प्रदर्शन गरिएको थियो।

यसैवर्ष जनवरीमा ८४ वर्षीय युनुसलाई श्रम कानुन उल्लंघन गरेको भन्दै ६ महिना जेल सजाय सुनाइएको थियो।

त्यस्तै २० लाख डलर ठगी गरेको आरोप पनि लगाइयो।

दुवै मुद्दामा जेल नगएपछि युनुसलाई अरु सयवटा भन्दा बढी मुद्दा लगाइएको थियो। एजेन्सी

सम्बन्धित समाचार:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .