ad ad

ग्लोबल


शेख हसिनाको पार्टीका नेताको होटलमा आगजनी, २४ जनाको मृत्यु

शेख हसिनाको पार्टीका नेताको होटलमा आगजनी, २४ जनाको मृत्यु

सोमबार प्रदर्शनकारीले हसिनाका पिता शेख मुजिबुर्रहमानको सम्झनामा निर्माण गरिएको बंगबन्धु मेमोरियल म्युजियममा पनि आगजनी गरेका थिए।


नेपालखबर
साउन २२, २०८१ मंगलबार १८:५०, काठमाडौँ

बंगलादेशमा शेख हसिनाको राजनीतिक दल अवामी लिग पार्टीका जिल्ला महासचिवको होटलमा प्रदर्शनकारीले आगो लगाइदिँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ। 

बीबीसीका अनुसार सो होटलमा सोमबार आगो लगाइएको हो। 

बंगलादेशको दैनिक पत्रिका ‘डेली स्टार’का अनुसार आगो नियन्त्रणमा लिन उद्धार टोलीलाई १२ घण्टा लागेको थियो।

प्रदर्शनकारीहरूले फायर फाइटरहरूलाई लामो समयसम्म होटलमा पुग्न नदिँदा उद्धार ढिला भएको हुनसक्छ।

जबिरर इन्टरनेसनल होटलमा आगो लगाइएको हो।

बंगलादेशको दक्षिण-पश्चिममा रहेको सहर जसोरमा रहेको सो होटलका मालिक अवामी लिग पार्टीका जिल्ला महासचिव शाहिन चक्लादार हुन्।

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना सन् १९८० को दशकदेखि अवामी लिग पार्टीकी प्रमुख छिन्।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना विद्यार्थीको आन्दोलनले भयावह रूप लिएपछि सोमबार राजीनामा दिएर देश छाडेकी छन्। 

अहिले उनी भारतमा छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .