ad ad

ग्लोबल


अमित शाहविरुद्ध ‘आपत्तिजनक टिप्पणी’ गरेको मुद्दामा राहुल गान्धी अदालतमा

अमित शाहविरुद्ध ‘आपत्तिजनक टिप्पणी’ गरेको मुद्दामा राहुल गान्धी अदालतमा

नेपालखबर
साउन ११, २०८१ शुक्रबार १३:१६, काठमाडौँ

भारतीय कंग्रेस नेता राहुल गान्धी मानहानिको मुद्दाका लागि शुक्रबार उत्तर प्रदेशको सुल्तानपुर अदालत पुगेका छन्।

भाजपा नेता तथा गृहमन्त्री अमित शाहविरुद्ध ६ वर्षअघि आपत्तिजनक टिप्पणी गरेको आरोपमा गान्धीविरुद्ध मुद्दा दर्ता गरिएको थियो।

सन् २०१८ को कुरा हो। भाजपा नेता विजय मिश्राले बेंगलुरुमा पत्रकार सम्मेलनमा राहुल गान्धीले अमित शाहविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप लगाएका थिए।

हाल संसद्‌मा विपक्षी दलका नेता राहुल गान्धी शुक्रबार बिहान विमानबाट लखनउ एयरपोर्ट पुगेपछि उनी सुल्तानपुर अदालततर्फ प्रस्थान गरेका थिए।

राहुल गान्धीले भारतीय जनता पार्टी (भाजपा) विरुद्ध टिप्पणी गर्दै भनेका थिए- पार्टीले स्वच्छ र इमानदार राजनीतिमा विश्वास गरेको दाबी गर्छ, तर पार्टी अध्यक्ष हत्याको मुद्दामा आरोपित छन्।

उनको भनाइ अमित शाहलक्षित थियो, किनभने उनी त्यतिबेला भाजपा अध्यक्ष थिए।

राहुल गान्धीले भारतीय जनता पार्टी (भाजपा) विरुद्ध टिप्पणी गर्दै भनेका थिए– पार्टीले स्वच्छ र इमानदार राजनीतिमा विश्वास गरेको दाबी गर्छ, तर पार्टी अध्यक्ष हत्याको मुद्दामा आरोपित छन्। उनको भनाइ अमित शाहतर्फ थियो, किनभने उनी त्यतिबेला भाजपा अध्यक्ष थिए।

यस मामिलामा राहुल गान्धीले २० फेब्रुअरीमा जमानत पाएका थिए।

त्यसबेला राहुल गान्धी आफ्नो भारत जोडो यात्रा बीचमै छाडेर अदालतको सुनुवाइमा उपस्थित भएका थिए।

विशेष न्यायाधीश शुभम बर्माले राहुल गान्धीलाई अदालतमा हाजिर हुन भनेका थिए। उनले अदालतमा हाजिर नभए कडा कारबाही गर्ने चेतावनीसमेत दिएका थिए। 

राहुल गान्धीले अमित शाहविरुद्ध बेंगलुरुमा गरेको टिप्पणीपछि २०१८ अगस्ट ४ मा मानहानिको मुद्दा दायर गरिएको थियो।

राहुल गान्धीले भारतीय जनता पार्टी (भाजपा) विरुद्ध टिप्पणी गर्दै भनेका थिए– पार्टीले स्वच्छ र इमानदार राजनीतिमा विश्वास गरेको दाबी गर्छ, तर पार्टी अध्यक्ष हत्याको मुद्दामा आरोपित छन्।

उनको भनाइ अमित शाहतर्फ थियो, किनभने उनी त्यतिबेला भाजपा अध्यक्ष थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .