ad ad

कारोबार


राष्ट्र बैंकले घटायो बैंकदर र नीतिगत दर, निक्षेप संकलन दर ३ प्रतिशतमै यथावत्

राष्ट्र बैंकले घटायो बैंकदर र नीतिगत दर, निक्षेप संकलन दर ३ प्रतिशतमै यथावत्

नेपालखबर
साउन ११, २०८१ शुक्रबार १३:१७, काठमाडौँ

राष्ट्र बैंकले निक्षेप संकलन दर यथावत् राख्दै बैंकदर र नीतिगत दरलाई घटाएको छ। 

ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतबाट ५.० प्रतिशत कायम गरेको छ। 

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर कोरिडरको तल्लो सीमाको रुपमा रहेको ३.० प्रतिशतको निक्षेप संकलन दरलाई यथावत राखिएको हो। 

बैंकदरमा स्थायी तरलता सुविधा प्रदान हुने व्यवस्थालाई निरन्तरता दिँदै स्थायी तरलता उपलब्ध हुने शर्तहरुलाई लचिलो बनाइनेछ।

बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई परिमार्जन गरिने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .