ad ad

ग्लोबल


भारतः विपक्षी गठबन्धनको पनि बैठक बस्दै, सरकारमा बस्ने वा प्रतिपक्ष बन्ने, निर्णय गर्ने

भारतः विपक्षी गठबन्धनको पनि बैठक बस्दै, सरकारमा बस्ने वा प्रतिपक्ष बन्ने, निर्णय गर्ने

कंग्रेस नेता राहुल गान्धी


नेपालखबर
जेठ २३, २०८१ बुधबार ९:३३, काठमाडौँ

१८औँ लोकसभा निर्वाचनमा सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) लाई टक्कर दिन सफल भारतीय कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनको पनि आज बैठक बस्दै छ। 

नवनिर्वाचित लोकसभा सदस्यसमेत रहेका कंग्रेस नेता राहुल गान्धीले सरकारमा रहने वा प्रतिपक्षमा बस्ने भन्ने विषयमा आज बस्ने इन्डिया गठबन्धनको बैठकले निर्णय गर्ने बताएका छन्।

भाजपा एक्लैलाई बहुमत ल्याउनबाट रोक्न सफल भएपछि मंगलबार दिल्लीस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै गान्धीले भने, ‘‘देश मोदी–शाह चाहँदैन भन्ने कुरा चुनावी नतिजाबाट स्पष्ट हुन्छ। यो लडाइँ संविधान बचाउन थियो।’

यस क्रममा उनलाई प्रतिपक्षमा बस्ने वा सरकार बनाउने भन्ने सोधिएको थियो। अनि यो पनि सोधिएको थियो– जेडीयू र टीडीपीलाई गठबन्धनमा ल्याउने तयारी हो?

जवाफमा राहुलले भने, ‘जुन ५ मा (आज) हुने इन्डिया गठबन्धनको बैठकमा यसबारे निर्णय गरिनेछ।’ 

लोकसभाका ५४३ सिटमध्ये भाजपाको गठबन्धन नेसनल डेमोक्र्याटिक अलायन्स (एनडीए) ले २९२ वटा जितेको छ भने विपक्षी कंग्रेसको गठबन्धन इन्डियन नेसनल डेभलप्मन इन्क्लुसिभ अलायन्स (इन्डिया) ले २३३ वटा। 

उता भाजपा गठबन्धनले पनि आज बैठक राखेर नयाँ सरकार गठनका विषयमा छलफल गर्दै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .