ad ad

राजनीति


मोदीलाई देउवाको बधाई- तपाईंको नेतृत्वले भारतको भविष्य उज्ज्वल बनाउने छ

मोदीलाई देउवाको बधाई- तपाईंको नेतृत्वले भारतको भविष्य उज्ज्वल बनाउने छ

फाइल तस्बिर


नेपालखबर
जेठ २३, २०८१ बुधबार ९:५८, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तेस्रो कार्यकालका लागि पनि भारतको प्रधानमन्त्री बन्न लागेका नरेन्द्र मोदीलाई बधाई दिएका छन्।  

१८औँ लोकसभा चुनावमा वाराणसीबाट लगातार तेस्रोपटक विजयी मोदीको पार्टी भाजपाको गठबन्धनले बहुमत ल्याएको छ र तेस्रोपटक पनि मोदी नै प्रधानमन्त्री बन्ने बाटो खुलेको छ।  

यसमा बधाई दिँदै देउवाले एक्समा लेखेका छन्, ‘नेपालका परम मित्र नरेन्द्र मोदीजीलाई बीजेपी र एनडीएको जितसँगै लगातार तेस्रोपटक भारतको प्रधानमन्त्री निर्वाचित भएकोमा हार्दिक बधाई! तपाईंको नेतृत्व, समर्पण र दूरदर्शिताले भारतको उज्ज्वल भविष्यलाई प्रेरणा र आकार दिइरहेनछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .