ad ad

ग्लोबल


बेलायती प्रधानमन्त्रीको घोषणा- जुलाई ४ मा आमनिर्वाचन

बेलायती प्रधानमन्त्रीको घोषणा- जुलाई ४ मा आमनिर्वाचन

बेलायतका प्रधानमन्त्री ऋषि सुनक


नेपालखबर
जेठ १०, २०८१ बिहिबार ८:१७, काठमाडौँ

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले मुलुकमा जुलाई ४ मा आमनिर्वाचन गर्ने घोषणा गरेका छन्।

उनले भने, ‘दोस्रो विश्वयुद्धपछिको पाँच वर्ष देशका लागि सबैभन्दा चुनौतीपूर्ण रह्यो। आगामी दिनहरूमा म तपाईंका हरेक मतका लागि संघर्ष गर्नेछु। हामीसँग स्पष्ट योजना छ।’

बीबीसीका अनुसार घोषणा हुनुअघि बेलायती क्याबिनेटका मन्त्रीहरू एकपछि अर्को गर्दै प्रधानमन्त्री कार्यालयमा प्रवेश गरेको देखिएको थियो।

बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीका एक स्रोतले पार्टीका केही सांसदले ऋषि सुनकविरुद्ध अविश्वासको मत मागिरहेको दाबी गरेका छन्।

एक सांसदले पार्टीको अहिलेको वातावरणलाई ‘आतंक’को अवस्था भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .