काठमाडौँ उपत्यकामा अहिले (बिहीबार बिहान ८:४५ बजे) छिटपुट पानी पर्न थालेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले यतिबेला काठमाडौँ उपत्यकाका कतै-कतै छिटपुट पानी पर्न थालेको बताए।
‘कतै-कतै फाट्फुट्ट पानी परेको देखिन्छ, अहिले त्यस्तो खासै वर्षा भइसकेको अवस्था होइन’, उनले भने, ‘तर दक्षिणतिरबाट बादल आइरहेको छ, यो बढ्दै गयो भने हल्कासम्म वर्षा हुने सम्भावना छ।’
मौसमविद् लामिछानेका अनुसार काठमाडौँ उपत्यकाको आकाश आज दिनभर खुल्ने सम्भावना कम छ। ‘एकछिन खुल्ला जस्तो भए पनि फेरि बादल आइहाल्ने सम्भावना देखिन्छ’, उनले भने, ‘आज उपत्यकाको आकाश छ्याङ्ग भएर खुल्ने सम्भावना देखिन्न।’
45
Shares

प्रतिक्रिया