ad ad

ग्लोबल


सन् २०२४ मा थप ३ जासुसी उपग्रह प्रक्षेपण गर्ने उत्तर कोरियाको घोषणा

किमले भने– दक्षिण कोरियाले शत्रुजस्तै व्यवहार गर्छ
सन् २०२४ मा थप ३ जासुसी उपग्रह प्रक्षेपण गर्ने उत्तर कोरियाको घोषणा

उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उन


नेपालखबर
पुस १५, २०८० आइतबार ११:३९, काठमाडौँ

उत्तर कोरियाले आफ्नो सेनालाई बलियो बनाउने उद्देश्यले अर्को वर्ष थप तीनवटा जासुसी उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने घोषणा गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ। 

उत्तर कोरियाले गत महिना एउटा जासुसी उपग्रह अन्तरिक्षमा पठाएको थियो। पछि उसले स्याटेलाइटले आफूलाई अमेरिका र दक्षिण कोरियाली सैन्य साइटहरूको तस्बिरहरू पठाएको दाबी गरेको थियो।

कोरियाको सत्तारुढ वर्कर्स पार्टीको वर्षअन्तको बैठकमा देशका नेता किम जोङ उनले सन् २०२४ को लक्ष्य तय गरेका छन्।

बैठकमा उनले आणविक महत्वाकांक्षालाई अघि बढाउन आफूसँग अर्को विकल्प नभएको बताए।

किम जोङ उनले पनि सन् २०२४ मा दक्षिण कोरियासँगको आफ्नो देशको सम्बन्धमा ‘आधारभूत परिवर्तन’ देख्ने बताएका छन्।

उनले आफ्नो देशको दक्षिण कोरियासँग विलय अब सम्भव नभएको दाबी गरे। दक्षिण कोरियाले आफ्नो देशलाई शत्रुजस्तै व्यवहार गर्ने गरेको उनको आरोप छ। 

बीबीसीका अनुसार किम जोङ उनले यस्तो कुरा गरेको सायद यो पहिलोपटक हो। विज्ञहरूले यसलाई उत्तर कोरियाको नीतिमा आधिकारिक परिवर्तनका रूपमा लिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .