ad ad

ग्लोबल


युक्रेनद्वारा रुसमा ‘अहिलेसम्मकै घातक’ हमला, २० जनाको मृत्यु, १०० व्यक्ति घाइते

युक्रेनद्वारा रुसमा ‘अहिलेसम्मकै घातक’ हमला, २० जनाको मृत्यु, १०० व्यक्ति घाइते

नेपालखबर
पुस १५, २०८० आइतबार ११:२०, काठमाडौँ

रुसले युक्रेनले दक्षिणपश्चिमी रुसमा घातक हवाई हमला गरेको आरोप लगाएको छ।

युक्रेनको सिमाना नजिक रहेको बेलगोरोडमा शनिबार भएको आक्रमणमा २० जनाको मृत्यु हुनाका साथै सयभन्दा बढी घाइते भएको बताइएको छ।

त्यहाँका गभर्नरले यसलाई अहिलेसम्मकै सबैभन्दा घातक हमला भनेका छन्। उनका अनुसार मृत्यु हुनेमा तीन बालबालिका पनि छन्।

युक्रेनी सेनासँग सम्बन्धित एक स्रोतले शनिबारको आक्रमणमा सेनाको पूर्वाधारलाई मात्र निशाना बनाएको बताएको छ।

रुसविरुद्ध युक्रेनले गरेको यो हमलालाई रुसले शुक्रबार युक्रेनमा गरेको आक्रमणको प्रतिक्रियाका रूपमा लिइएको छ। रुसी आक्रमणमा ३९ जनाको मृत्यु भएको थियो।

त्यसपछि युक्रेनले यो रुसको अहिलेसम्मको सबैभन्दा ठूलो हमला भएको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .