ग्लोबल


अमेरिकाले चीन र हङकङबाट आएका विद्यार्थीको भिसा छानबिन गर्ने

अमेरिकाले चीन र हङकङबाट आएका विद्यार्थीको भिसा छानबिन गर्ने

अमेरिकाका विदेशमन्त्री मार्को रुबियो


नेपालखबर
जेठ १५, २०८२ बिहिबार ८:३९, काठमाडौँ

अमेरिकाले चीन र हङकङबाट आएका विद्यार्थीहरूको भिसा गहन रूपमा छानबिन गर्ने भएको छ। 

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले विज्ञप्ति जारी गरी उक्त जानकारी दिएका हुन्।

उनले विज्ञप्तिमा भनेका छन्, 'यो कदमले 'चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध राख्नेहरूको पहिचान हुनेछ।'

उनका अनुसार भिसा सर्त पनि परिमार्जन गरिनेछ ताकि भविष्यमा चीन र हङकङका भिसा आवेदकहरूको छानबिनलाई अझ कडा बनाउन सकियोस्।

हालैका महिनामा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वात्तै बढाएको भन्सार शुल्कका कारण चीन र अमेरिकाबीच तिक्तता बढेको छ। 

यसअघि सोमबार मात्र अमेरिकाले विश्वभर विभिन्न देशमा रहेका अमेरिकी दूतावासहरूलाई नयाँ विद्यार्थी भिसा आवेदन रोक्न आदेश दिएको थियो। 

अनुमानअनुसार, गत वर्ष लगभग २ लाख ८० हजार चिनियाँ विद्यार्थी अमेरिकामा पढिरहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad