ग्लोबल


नयाँ विद्यार्थी भिसा आवेदन रोक्न विदेशका दूतावासहरूलाई अमेरिकाको आदेश

नयाँ विद्यार्थी भिसा आवेदन रोक्न विदेशका दूतावासहरूलाई अमेरिकाको आदेश

नेपालखबर
जेठ १४, २०८२ बुधबार ८:०, काठमाडौँ

अमेरिकाले विदेशमा रहेका आफ्ना दूतावासहरूलाई नयाँ विद्यार्थी भिसा आवेदनहरू अस्थायी रूपमा रोक्न आदेश दिएको छ।

अमेरिकाले अब आवेदकहरूको सामाजिक सञ्जालको गहन छानबिनको प्रक्रिया पनि सुरु गर्ने बताएको छ।

हार्वर्ड विश्वविद्यालयलाई दिने गरिएको सरकारी कोषको समीक्षा गर्ने तयारी भइरहेको खबरपछि त्यस्तो आदेश आएको हो।

यसले ट्रम्प प्रशासन र केही अमेरिकी विश्वविद्यालयबीच जारी विवादमा नयाँ मोड ल्याएको छ।

धेरै अमेरिकी कलेज आर्थिक रुपमा विदेशी विद्यार्थीमा निर्भर छन्।

हार्वर्ड विश्वविद्यालयविरुद्ध ठूलो कारबाहीको तयारी

हार्वर्डले प्राप्त गर्ने सरकारी कोष रोकेर कुनै अन्य संस्थालाई दिने तयारी अमेरिकाले गरेको छ।

ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले भनेका छन्, ‘सरकारी सेवा एजेन्सी (जीएसए) ले अन्य एजेन्सीहरूलाई पत्र पठाउनेछ। पत्रमा हार्वर्डसँगको सम्झौता समाप्त गर्ने वा कुनै अन्य संस्थालाई दिने सम्भावनाबारे सोधिनेछ।’

ट्रम्प प्रशासनको अनुमान के छ भने हाल हार्वर्डसँग लगभग ३० वटा यस्ता सम्झौता चलिरहेका छन्। यी सबै सम्झौ कुल १० करोड डलर बराबरका छन्।

हार्वर्ड विश्वविद्यालयले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

ट्रम्प प्रशासनले गत हप्ता मात्र हार्वर्डमा विदेशी विद्यार्थी प्रवेशमा प्रतिबन्ध लगाएको थियो।

यसपछि हार्वर्डले ट्रम्प प्रशासनको यो निर्णयविरुद्ध अदालतमा मुद्दा हालेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad