ग्लोबल


कोरोनाका कारण विदेशमा मृत्यु हुनेको संख्या ३१७ पुग्यो, बेलायमा २ र मलेसियामा थप १ नेपालीको मृत्यु

कोरोनाका कारण विदेशमा मृत्यु हुनेको संख्या ३१७ पुग्यो, बेलायमा २ र मलेसियामा थप १ नेपालीको मृत्यु

नेपालखबर
पुस २६, २०७७ आइतबार ७:६,

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायत (युके)मा २ जना र मलेसिया १ जनाको निधन भएको हो।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै कोरोना भाइरसबाट २० देशमा ३१७ जनाको मृत्यु भएको छ।

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ८ सय ४६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। ती मध्ये ५१ हजार १ सय १६ जना कोरोना मुक्त भएका छन्। यो कुल संक्रमितको ९३ प्रतिशत हो।

समितिका अनुसार यो साता मलेसिया, साउदी अरब, जापान, साउथअफ्रिका, युके, भारत, युएईमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ९१२ जनाको निधन भएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६४ हजार १ सय ५९ छ भने २ लाख ५७ हजार २ सय २९ जना अर्थात ९७.१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन्।

करिब २ लाख जनाको उद्धार, ९ हजार ६ सय ५० श्रमिकलाई छुट्टै राहत

गैरआवासीय नेपाली संघ (एनआरएनए) र विदेशस्थित नेपाली कुटनीतिक नियोगको संयुक्त पहलमा ुकोभिड १९ को विश्वव्यापी प्रभाव पछि १ लाख ८६ हजार ६६ जना नेपालीको उद्धार गरिएको छ। गैरआवासिय नेपाली संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार समितिका संयोजक डा. बद्री केसीका अनुसार विदेशमा समस्यामा परेका कामदारलाई उद्धार, राहत तथा पुनः रोजगारीमा फर्काउन गैरआवासीय नेपाली संघ सक्रिय रुपमा लागेको छ।

विदेशका बिभिन्न देशमा ९ हजार ६ सय ५० भन्दा बढी श्रमिकलाई सेल्टरमै राखेर कानुनी सहायता, परामर्श, पीसीआर टेस्ट, तालिम, हवाई टिकट, अदालती जरिवाना, उद्धार तथा राहत दिइएको संघले जनाएको छ।

संघले साउदी, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, ओमन, कम्बोडिया र कुवेतमा स्वंमसेवक खटाएर अलपत्र परेका कामदारलाई सहयोग गरिरहेको छ।

बिभिन्न दात्री संस्थाहरुद्धारा प्राप्त सहयोगबाट विदेशमा रोजगारी गुमाएर बेरोजगार भएका, राहदानीको म्याद सकिएका, कागजात नभएका, लगायतलाई आर्थिक सहयोग गरिएको संघले जनाएको छ।

हालसम्म गैरआवासीय नेपाली संघले ८ सय ६२ जनालाई काठमाडौँबाट गन्तब्यसम्म पुग्न निःशुल्क बस भाडा स्वरुप आर्थिक सहयोग समेत गरेको छ। संघले देशका सातै प्रदेशमा १४ लाख रुपैया बराबारको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad