पाकिस्तान सुपर लिग टि–ट्वान्टी क्रिकेटको ड्राफ्ट आज आइतबार हुँदै छ।
ड्राफ्ट साँझ साढे ४ बजे लाहोरमा हुनेछ। ड्राफ्टमा २० देशबाट ४ सयभन्दा बढी विदेशी खेलाडी छन्। यो संस्करणको पीएसएलको ड्राफ्टमा नेपालबाट ९ खेलाडी परेका छन्।
पीएसएलमा नेपालबाट प्लाटिनम क्याटेगोरीमा सन्दीप लामिछाने एक्लै छन्।
सिल्भर क्याटेगोरीमा पुर्व कप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल, उप कप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल मल्ल, अभिनास बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख छन्।
ड्राफ्टमा १६ रेगुलर राउण्ड र २ पूरक गरी खेलाडी छनोट खेलाडी छनोट हुनेछन्। ड्राफ्टमा रहेका खेलाडी मध्यबाट एउटा टोलीले थोरैमा १६ र बढीमा १८ खेलाडी टोलीमा अनुबन्ध गर्न पाउनेछन्।
लिगमा सहभागी हुने ६ वटा फ्रेन्चाइज टोलीले समान ३ प्लाटिनम, डाइमन्ड, र गोल्ड क्याटेगोरीका खेलाडी अनुबन्ध गर्नुपर्नेछ।
पाँच सिल्भर, इमर्जिङ र पूरक दुई दुई खेलाडी अनुबन्ध गर्न पाउछन्। प्लेइङ ११ मा एउटा टोलीले कम्तीमा ३ र बढीमा ४ जना विदेशी खेलाडी खेलाउने पाउनेछन्।
लिग २०२१ फेब्रुअरी २० देखि २२ मार्च सम्म लाहोर र कराँचीमा हुने सम्भावना छ।

प्रतिक्रिया