ग्लोबल


विदेशमा कोरोनाबाट निधन हुने नेपालीको संख्या तीन सय नाघ्यो

विदेशमा कोरोनाबाट निधन हुने नेपालीको संख्या तीन सय नाघ्यो

नेपालखबर
मंसिर २१, २०७७ आइतबार ७:५७,

विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट निधन हुने नेपालीको कुल संख्या ३ सय १ जना पुगेको छ। 

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप २ जना नेपालीको विदेशमा निधन भएको हो। यो साता जर्मनीमा १ र भारतमा १ जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो। कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको निधन भएको यो पहिलो घटना हो।

स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ शनिबार साँझसम्म विदेशमा ४९ मुलुकमा ४८ हजार ६ सय ३९ जना गैरआवासीय संक्रमित भएका छन्सो। सोही अवधिमा ४४ हजार ६ सय ७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यो कुल संक्रमितको ९१ प्रतिशत रहेको हो।

हालसम्म नेपालमा मात्र २ लाख १६ हजार ५ सय ९४ जना कोरोना भाइरसबाट संक्रमित पुगेका छन भने ती मध्ये २ लाख ३४ हजार ७ सय ५६ जना कोरोना मुक्त भएका छन्। नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ९२ दशमलव ३ प्रतिशत रहेको छ। कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ५ सय २९ जनाको ज्यान गएको छ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाले विदेशमा क्रिशमस लगायतका पर्वसहित नयाँ वर्ष नजिकिएको भन्दै त्यस्ता समय संक्रमणको उच्च जोखिम हुने भएकोले सावधानी अपनाउन आग्रह गर्नुभएको छ गरेका छन्। चाडपर्वका बेला जमघट नगर्न, आफ्ना परिवारका सदस्यबीच मात्रै पर्व मनाउन र भीडभाड भएका स्थानमा सकेसम्म नजान र जानै परे मास्कको अनिवार्य प्रयोग गर्न उनले अनुरोध गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .