राजनीति


नेकपा स्थायी समिति बैठक सुरु, ओली अनुपस्थित

नेकपा स्थायी समिति बैठक सुरु, ओली अनुपस्थित

मणि दाहाल
मंसिर २१, २०७७ आइतबार ८:१,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरु भएको छ।

आइतबार दिउँसो सुरु भएको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएका छैनन्।

दिउँसो १ बजेका लागि तय भएको बैठकमा साढे १ बजेसम्म पनि अध्यक्ष ओली नआएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सुरु गरेका हुन्।

यो पनि :  नेकपा स्थायी समिति बैठकलाई लक्षित गरी धुम्बाराहीमा सुरक्षा व्यवस्था कडा पारियो

ओली बाहेकका अन्य नेताहरु बैठकमा आएका छन्। स्थायी समितिमा ४४ जना सदस्य रहेका छन्।

स्थायी समिति बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्तिक २८ मा ल्याएको राजनीतिक प्रस्ताव र मंसिर १३ गते त्यसको जवाफमा प्रधानमन्त्री ओलीको जवाफी प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ।

दुबै प्रतिवेदनमाथि सचिवालय बैठकले निर्णय गर्न असफल भएपछि शनिबार बसेको सचिवालय बैठकले स्थायी समितिमा लगेर छलफल गर्ने निर्णय गरेको हो।

 यो पनि :  वामदेवलाई ईश्वर पोखरेलको प्रस्ताव : अहिले रोजेको मन्त्रालय लिनुहोस्, चुनाबी प्रधानमन्त्री बन्नुहोस्

स्थायी समिति बैठकअघि भैंसेपाटी पुगेर गौतमलाई थापाले गरे यस्तो प्रस्ताव

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .