ad ad

ग्लोबल


एनआरएन ‘ग्लोबल नलेज’ सम्मेलन सुरु

एनआरएन ‘ग्लोबल नलेज’ सम्मेलन सुरु

नेपालखबर
असोज २३, २०७७ शुक्रबार ९:२३,

गैह्र आवासीय नेपाली संघ (एनआरएनए)को तीनदिने ज्ञानसीप सम्मेलन आज (शुक्रबार)बाट सुरु भएको छ।

कोभिड १९ संक्रमणको जोखिमका कारण भर्चुअल माध्यमबाट सुरु भएको ‘दोस्रो एनआरएन ग्लोबल नलेज कन्भेन्शन’ आजदेखि तीन दिनसम्म सञ्चालन हुनेछ।

देशको समृद्धिका लागि संसारभर छरिएर रहेका नेपालीहरुको ज्ञान र सीपलाई नेपाल भित्र्याउने उद्देश्य सहित एनआरएनएले सम्मेलन आयोजना गरेको हो। सम्मेलनमा विश्वभरका एनआरएनहरुको सहभागिता रहेको छ।

सम्मेलनलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्ले संसारभर छरिएर रहेका एनआरएनहरुको ज्ञान र सीपलाई नेपालमा भित्र्याउन आग्रह गरे। विदेशमा रहेका एनआरएनहरुसँग विभिन्न क्षेत्रमा लगानी गर्ने क्षमता रहेकाले लगानीसँगै ज्ञान र सीपलाई समेत नेपाल भित्र्याउन आग्रह गरेका हुन्।

पछिल्लो समय कोभिडको महामारीका कारण अर्थतन्त्रमा चुनौति रहेकोले पनि देशको आर्थिक विकासका लागि सबै गैह्रआवासीय नेपालीको साथ आवस्यक रहेको उनले बताए। नेपालको सहरी विकास, यातायात, रेल्वे, जलविद्युत, कृषि लगायतका क्षेत्रमा लगानी गर्न समेत मन्त्री नेम्वाङले आग्रह गरे। वैदेशिक लगानीका लागि सरकारले कानून निर्माण गरिसकेकाले लगानी भित्र्याउन योगदान गर्नपनि आग्रह गरे।

कार्यक्रममा सहभागि भएका गैह्र आवासीयन नेपालीहरुले सम्मेलनमार्फत विज्ञहरुको ज्ञान, सीप र अनुभवलाई नेपालको उद्यम सिर्जना र नीति निर्माण जस्तो काममा लगाउन सहयोग पुग्ने बताएका छन्।

खासगरी सम्मेलन सूचना प्रविधि, उर्जा, कृषि, यातायात, खाद्य तथा वातावरण लगायत स्वदेशी सरोकारका विषयमा केन्द्रित हुने पनि उनीहरुले बताएका छन्।

देशबाहिर रहेका नेपालीहरु विभिन्न क्षेत्रको विशेषज्ञको रुपमा विश्वस्तरका परियोजना र कम्पनीहरुमा काम गरिरहेको भएपनि तीनको पहिचान हुन नसक्दा नेपालमा ती सीप र ज्ञान भित्रिन नसकेकाले त्यसको उजागर गर्ने उद्देश्य समेत सम्मेलनले राखेको छ। सम्मेलन आजदेखि आइतबारसम्म चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .