ad ad

ग्लोबल


कोरोनाका कारण बेलायतमा थप एक भूपू गोरखा सैनिकको मृत्यु

कोरोनाका कारण बेलायतमा थप एक भूपू गोरखा सैनिकको मृत्यु

नेपालखबर
जेठ १५, २०७७ बिहिबार ५:१५,

कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ। बेलायतको ग्रेजा निवासी ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको उनका आफन्त बलु राईले जानकारी दिएका हुन्।

पुर्ख्याैली घर खोटाङ भई उदयपुर बसाइँसराइ गरेका राई लामो समयदेखि बेलायतमा थिए। 

कोरोनाका लक्षण देखिएपछि सुरुमा अस्पतालले घरमै आइसोलेसनमा बस्न सुझाएको थियो । घरमा १४ दिनसम्म बस्दा पनि ठीक नभएपछि ५ हप्ताअगाडि उनलाई एम्बुलेन्समा अस्पताल लगिएको थियो।

घर नजिककैको बासिल्डन अस्पतालको सघन उपचार कक्षमा १ महिना ५ दिन राखेर उपचार गर्दासमेत कुनै सुधार भएको थिएन। उनका ३ छोरा बेलायतमा र श्रीमती नेपालमा छन्।

हालसम्म बेलायतमा कोरोनाबाट निधन हुने नेपालीको सङ्ख्या ६५ पुगेको छ भने राईसहित भूपू गोरखा सैनिकको सङ्ख्या ५४ पुगेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .