ad ad

राजनीति


रिहालगत्तै पुन: पक्राउ परे विप्लव समूहका केन्द्रीय नेता

रिहालगत्तै पुन: पक्राउ परे विप्लव समूहका केन्द्रीय नेता

नेपालखबर
जेठ १५, २०७७ बिहिबार ५:८,

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय नेता लेखराज गजमेरलाई रिहा भएलगत्तै प्रहरीले पुनः पक्राउ गरेको छ।

धुलिखेलस्थित काभ्रे जिल्ला प्रहरी कार्यालयले बुधबार साँझ थुनामुक्त गरेलगत्तै नेता गजमेरलाई सादा पोसाकका प्रहरीले पुनःगिरफ्तार गरेका हुन्। प्रहरीले गजमेरलाई काठमाडौं ल्याएका छन्।

सङ्गठित अपराधअन्तर्गत विस्फोटक पदार्थ मुद्दामा केही महिनाअघि पक्राउ परेका गजमेरलाई बुधबार सर्वोच्च अदालतको आदेशमा थुनामुक्त गरिएको थियो।

gajmerpatra

सर्वाेर्वोच्चको आदेशानुसार जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार गोविन्दप्रसाद घिमिरे र अधिकारकर्मी हिरामान लामाको रोहवरमा गजमेरलाई थुनामुक्त गरिएको थियो। लामाका अनुसार विप्लव समूहका दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य गजमेरलाई धुलिखेल प्रहरीले थुनामुक्त गरेलगत्तै प्रहरी निरीक्षक सुरेश खत्री नेतृत्वको सादा पोसाकमा रहेका प्रहरीको टोलीले जिल्ला प्रहरी कार्यालयको अघिल्तिरबाट गिरफ्तार गरेको हो।

गजमेरलाई गत वैशाख १८ गते जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतबाट काभ्रेपलाञ्चोक ल्याइएको प्रहरीले जनाएको छ। गजमेरले यही जेठ २ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएपछि सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको थियो। केही महिनाअघि सिन्धुपाल्चोकबाट गिरफ्तारीमा परेका गजमेरलाई सङ्गठित अपराधअन्तर्गत विस्फोटक पदार्थ मुद्दामा दोलखा, रामेछापपछि काभ्रेपलाञ्चोकमा मुद्दा चलाइएको थियो। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .