ग्लोबल


इजरायलले दक्षिणी लेबननमा गर्‍यो भीषण हवाई हमला

इजरायलले दक्षिणी लेबननमा गर्‍यो भीषण हवाई हमला

नेपालखबर
जेठ १४, २०८३ बिहिबार १९:३०, काठमाडौँ

इजरायली सेनाले बिहीबार दक्षिणी लेबननमा रहेको हेजबुल्लाहको स्थानलाई लक्ष्य गरी व्यापक हवाई हमला गरिएको बताएको छ।

यसअघि आजै इजरायली सेनाले दक्षिणी लेबननको ठुलो भाग खाली गर्न आदेश दिएको थियो।

लेबननको सबैभन्दा ठुला सहरमध्ये एक टायरको भिडिओ मानिसहरू भत्किएका भवन आसपास धुलोको बादलमा हराएको देखिएको छ। 

यसअघि इजरायल रक्षा बल (आईडीएफ) ले मानिसहरूलाई इजरायली सीमाबाट लगभग ४० किलोमिटर टाढा रहेको जहरानी नदीको उत्तरतिर सर्न आग्रह गरेको थियो। 

लेबननको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) का अनुसार इजरायलले बिहीबार बिहान टायर सहर र यसको पूर्वी भागमा दुईपटक हवाई आक्रमण गरेको हो।

हताहत र क्षतिबारे विस्तृत रिपोर्ट प्राप्त भइसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad