ग्लोबल


सधैँका लागि युद्ध अन्त्य गर्नेबारे के भन्छन् अमेरिका र इरान

सधैँका लागि युद्ध अन्त्य गर्नेबारे के भन्छन् अमेरिका र इरान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाई।


नेपालखबर
जेठ १०, २०८३ आइतबार ९:२६, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता ‘अन्तिम चरणमा पुगेको’ दाबी गरेका छन्। विवरण चाँडै घोषणा गरिने उनले बताएका छन्।

बीबीसीका अनुसार शनिबार उनले भनेका छन्, ‘यो सम्झौतामा होर्मुज स्ट्रेट खुला गर्ने कुरा पनि छ।’ तर ट्रम्पले यस विषयमा थप विवरण दिएनन्।’

यसअघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सरकारी टीभीसँग एक हप्तायता अमेरिका र इरानका अडानमा केही नरमपन आएको बताएका छन्।

तर उनले चेतावनी दिँदै थपे, ‘यसको अर्थ प्रमुख मुद्दामा सहमति भइसक्यो भन्ने होइन।’

यस क्रममा बकाईले अमेरिकाले ‘विरोधाभासी कुरा’ गरिरहेको आरोप पनि लगाए।

उता ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिका लागि समझदारी पत्रमा निकै राम्रो छलफल भएको छ।’ 

उनले अगाडि लेखेका छन्, ‘अमेरिका, इरान र अन्य सम्बन्धित देशबिच सम्झौताका लागि धेरै हदसम्म वार्ता पूरा भएको छ। अब यसलाई अन्तिम रूप दिन मात्र बाँकी छ।’

यस्तै उनले शनिबार इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहुसँग ‘धेरै राम्रो’ फोन वार्ता भएको पनि उल्लेख गरेका छन्।

सम्झौतापत्रबारे धेरै जानकारी नदिए पनि ट्रम्पले भनेका छन्, ‘कुनै पनि सम्झौताले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट पूर्ण रूपमा रोक्नेछ।’

'सम्झौता' बारे इरानले के भन्यो?

अमेरिका र इजरायलले संयुक्त रूपमा गत फेब्रुअरी २८ मा इरानमा ठुलो आक्रमण गरेर युद्धको सुरुवात गरे।

बदलामा इरानले पनि इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकाका सहयोगी देशमा हमला गर्‍यो। जसका कारण मध्यपूर्वभरि नै द्वन्द्व फैलियो। 

तर गत अप्रिलको सुरुमा ट्रम्पले इरानसँग युद्धविराम गरे। 

त्यसयता अमेरिका र इरानबिच दीर्घकालीन शान्तिका लागि वार्ता जारी छ।

शनिबार इरानका प्रवक्ता बकाईले १४ बुँदे सम्झौतालाई निष्कर्षमा पुर्‍याउन चाहेको बताएका छन्। 

उनले भने, ‘सम्झौतालाई अन्तिम रूप दिइँदै छ ताकि अर्को ३० देखि ६० दिनभित्र थप वार्ता हुन सकून् र अन्ततः अन्तिम सम्झौतामा पुग्न सकियोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad