ग्लोबल


पाकिस्तानमा १५ प्रहरी आत्मघाती आक्रमणमा मारिनुमा अफगानिस्तानको हात रहेको आरोप

पाकिस्तानमा १५ प्रहरी आत्मघाती आक्रमणमा मारिनुमा अफगानिस्तानको हात रहेको आरोप

नेपालखबर
बैशाख २९, २०८३ मंगलबार ५:२८, काठमाडौँ

देशको उत्तरपश्चिमी क्षेत्रस्थित प्रहरी चौकीमा भएको घातक आत्मघाती आक्रमणपछि पाकिस्तानले इस्लामाबादले अफगानिस्तानमाथि गम्भीर आरोप लगाउँदै देशका शीर्ष अफगान कूटनीतिज्ञलाई बोलाएको छ।

पाकिस्तानले उक्त आक्रमण अफगानिस्तानमा आश्रय लिएर बसेका आतङ्ककारी समूहले योजनाबद्ध रूपमा गराएको दाबी गरेको छ।

यस घटनाले पहिलेदेखि तनावपूर्ण रहेको पाकिस्तान–अफगान सम्बन्धलाई थप चिस्याउने सङ्केत देखिएको छ।

पाकिस्तानको विदेश मन्त्रालयले सोमबार जारी गरेको वक्तव्यमा अफगान कार्यवाहक राजदूतलाई मन्त्रालयमा बोलाएर औपचारिक रूपमा आपत्ति जनाएको छ।

मन्त्रालयका अनुसार घटनाको विस्तृत अनुसन्धान, सङ्कलित प्रमाण तथा प्राविधिक गुप्तचर सूचनाले आक्रमणको योजना अफगानिस्तानमा बसेका आतङ्ककारीहरूले बनाएको सङ्केत गरेको छ।

शनिबार पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तअन्तर्गत बन्नु क्षेत्रस्थित प्रहरी चौकीमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको थियो।

अधिकारीहरूका अनुसार एक आत्मघाती हमलाकारीले सुरक्षा चौकीमा कार बम विस्फोट गराएका थिए भने त्यसलगत्तै सशस्त्र समूहले प्रहरीमाथि गोली प्रहार गरेको थियो।

अफगान सीमासँग नजिक रहेको बन्नु क्षेत्रका एक वरिष्ठ प्रशासनिक अधिकारीले आक्रमण निकै योजनाबद्ध र उच्चस्तरीय तयारीसहित गरिएको बताए।

नाम सार्वजनिक नगर्ने सर्तमा एएफपीसँग कुरा गर्दै उनले आक्रमणमा सहभागी आतङ्ककारीहरूले भारी हतियार बोकेको क्वाडकप्टरसमेत प्रयोग गरेको जानकारी दिए।

उनका अनुसार आक्रमणमा १०० भन्दा बढी लडाकु संलग्न थिए। घटनापछि इस्लामाबादस्थित अमेरिकी दूतावासले पनि प्रतिक्रिया दिएको छ।

दूतावासले सामाजिक सञ्जाल एक्समार्फत बन्नूमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पाकिस्तानी नागरिक सुरक्षित, शान्तिपूर्ण र आतङ्कवादी हिंसामुक्त भविष्यका हकदार रहेको उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad