इरानले युद्ध जारी राख्ने कि वार्तातर्फ अघि बढ्ने भन्ने कुरा अब अमेरिकाको हातमा रहेको बताएको छ।
यसअघि इरानले अमेरिकासँगको युद्ध सधैँका लागि अन्त्य गर्ने योजना पाकिस्तानलाई पठाएको बताएको थियो।
तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानको प्रस्तावबाट आफू सन्तुष्ट नभएको बताएका थिए।
त्यसपछि शनिबार इरानका उपविदेशमन्त्री काजम गरिबाबादीले युद्ध नै जारी राख्ने वा वार्ताबाट अन्त्य गर्ने भन्ने कुरा अमेरिकाको हातमा रहेको बताएका हुन्।
उनले भने, ‘अब निर्णय अमेरिकाको हातमा छ- वार्ताको बाटो रोज्ने कि टकराव जारी राख्ने?’
उनले शनिबार इरानको राजधानी तेहरानमा केही राजदूतसँग भेट गरे र उनीहरूलाई युद्ध अन्त्य गर्ने प्रस्तावबारे जानकारी गराए।
अमेरिका र इरानबिच तीन हप्तादेखि युद्धविराम छ। तर दुई पक्षबिच युद्ध अन्त्य गर्ने सम्झौता हुन सकेको छैन।
Shares

प्रतिक्रिया