विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घले आज बिहान काठमाडौँमा ऐक्यबद्धता पदयात्रा आयोजना गरेको छ।
‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ को नारासहित आइतबार बिहान माइतीघर मण्डलाबाट सुरु भएको र्याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो।
महासङ्घका अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संवैधानिक हक भएकाले कुण्ठित गर्नु नहुने बताइन्।
नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै अवरोध वा अड्चन आइलागे आफूहरूले कानुनी उपचारका साथै स्वतन्त्रताका पक्षमा नैतिक समर्थन जनाउने बताए।























Shares

प्रतिक्रिया