ग्लोबल


इजरायलको आक्रमणमा १३ सुरक्षाकर्मी मारिए: लेबनन

इजरायलको आक्रमणमा १३ सुरक्षाकर्मी मारिए: लेबनन

नेपालखबर
चैत २८, २०८२ शनिबार ५:१५, काठमाडौँ

लेबननको राष्ट्रपति कार्यालयले दक्षिणी सहर नाबाटियाहमा इजरायलले आक्रमण गर्दा १३ सरकारी सुरक्षाकर्मी मारिएको बताएको छ।

राष्ट्रपति जोसेफ आउनले बिहीबार सामाजिक सञ्जाल प्लाटफर्म एक्समा जारी विज्ञप्तिमा आक्रमणको कडा निन्दा गरेका छन्।

इजरायली सेनाबाट अहिलेसम्म कुनै टिप्पणी आएको छैन।

बरु इजरायली सेनाले एक्समा जारी विज्ञप्तिमा दक्षिणी लेबननमा विस्फोटक ड्रोन खसालिँदा एक सैनिक गम्भीर घाइते र अर्का सामान्य घाइते भएको दाबी गरेको छ।

विज्ञप्तिमा भनिएको छ, 'दुवै घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ। उनीहरूका परिवारलाई पनि जानकारी गराइएको छ।'

दुई साताका लागि युद्धविराम गरेका अमेरिका र इरानबिच स्थायी शान्तिका लागि पाकिस्तानमा वार्ताको तयारी भइरहेका बेला इजरायलले भने लेबननमा हमला जारी राखेको हो।

यसअघि बुधबार पनि इजरायलले लेबननमा गरेको हवाई हमलामा दुई सय जनाभन्दा बढी मारिएका थिए भने हजार भन्दा बढी व्यक्ति घाइते भएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad