ग्लोबल


कोरियामा स्याङ्जाका युवककाे मृत्यु

कोरियामा स्याङ्जाका युवककाे मृत्यु

जीवन खत्री
जेठ २, २०७७ शुक्रबार १७:२३,

अनुमति रोजगार प्रणालीमार्फत रोजगारीका सिलसिलामा दक्षिण कोरिया आएका एक नेपालीको मृत्यु भएको छ।

कोरियाको ख्यङ्जु सहरनजिकै एक कम्पनीमा कार्यरत स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर थापाको मंगलबार साँझ मृत्यु भएको हो ।

सात वर्षदेखि कोरियामा कार्यरत थापा कम्पनीको रात्रि काम सकेर मंगलबार बिहान ९ बजेतिर सुतेका थिए। कोठामा एक्लै सुत्ने गरेका थापा साँझ ६ बजेसम्म पनि नउठेपछि कम्पनीमा सँगै काम गर्ने साथीले हेर्न जाँदा मृतावस्थामा फेला परेका हुन्। लगत्तै उनीहरूले कोरियाको प्रहरीलाई खबर गरेका थिए।

उक्त कम्पनीमा थापासहित पाँच नेपाली र तीन चिनियाँ कामदार रहेको मृतकका सहकर्मीले जानकारी दिए। थापाको शव ख्यङ्जुनजिकै शवगृहमा राखिएको छ। घटनाको आवश्यक छानबिन र शव व्यवस्थापनबारे परिवारसँग सल्लाह गरिने कोरियाका लागि कार्यवाहक नेपाली राजदूत रामसिंह थापाले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad