शुक्रबार फ्लोरिडामा आफू सवार कार दुर्घटना भएपछि पक्राउ परेका गल्फका दिग्गज अमेरिकी खेलाडी टाइगर वुड्स धरौटीमा रिहा भएका छन्।
प्रहरी अधिकारीका अनुसार ५० वर्षीय टाइगर वुड्स सवार ल्यान्ड रोभर कार फ्लोरिडाको जुपिटर आइल्यान्डमा ट्रकसँग ठोकिएर पल्टिएको थियो।
त्यसपछि टाइगर वुड्सले मादक पदार्थ पिएर गाडी चलाएको पाइएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो।
तर आठ घण्टाको हिरासतपछि शुक्रबार साँझ जमानतमा उनलाई रिहा गरिएको बीबीसीले जनाएको छ।
वुड्सले ट्रकलाई ओभरटेक गर्ने प्रयास गर्दा दुर्घटना भएको थियो।
दुर्घटनापछि वुड्स कारको ढोकाबाट घिस्रिएर बाहिर निस्किएका थिए।
दुर्घटनामा कोही पनि घाइते भएका छैनन्।
उनले ब्रेथलाइजर परीक्षण पास गरे पनि पिसाब परीक्षण गर्न अस्वीकार गरेका थिए।
174
Shares

प्रतिक्रिया