ग्लोबल


बर्लिनमा परेडको भिडमा कार घुस्दा महिलाको मृत्यु, १६ जना घाइते

बर्लिनमा परेडको भिडमा कार घुस्दा महिलाको मृत्यु, १६ जना घाइते

नेपालखबर
साउन १०, २०८३ आइतबार १४:१४, काठमाडौँ

जर्मनीको राजधानी बर्लिनमा प्राइड परेडका क्रममा भिडमा कारले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

बीबीसीका अनुसार उक्त दुर्घटना शनिबार स्थानीयसमय अनुसार राति १० बजेतिर बर्लिनको प्रसिद्ध ब्रान्डेनबर्ग गेटनजिकै रहेको टियरगार्टन पार्कमा भएको हो। 

बर्लिन प्रहरीले संदिग्ध व्यक्ति २१ वर्षीय अब्दुल बी भएको बताएको छ। जसको शरीर पातलो छ, कपाल कालो छ र घटना हुँदा उनले कालो हुडी र सेतो पाइन्ट लगाएका थिए।

प्रारम्भिक अनुसन्धानले उनको सम्बन्ध इस्लामिक संगठनहरूसँग हुन सक्ने संकेत गरेको छ। यद्यपि प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन।

संदिग्ध व्यक्ति खोज्न बर्लिनभरि व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ। प्रहरीले उनको तस्बिर जारी गरेको छ र यसमा नागरिकलाई सहयोग गर्न अपिल गरेको छ।

यसैबिबच घटनामा प्रयोग भएको आशंका गरिएको सेतो कारको तस्बिर पनि प्रहरीले घेरा हालेको क्षेत्रबाट सार्वजनिक भएको छ। 

जर्मन चान्सलर फ्रेडरिक मर्जले घटनालाई ‘भयानक’ भन्दै घटनाबारे गम्भीर रूपमा अनुसन्धान गरिने बताएका छन्। 

यस्तै बर्लिनका मेयर काई वाग्नेरले घटनालाई ‘स्वतन्त्र र खुला समाजविरुद्धको आक्रमण’को संज्ञा दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad