पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शशांक कोइराला पक्षका नेताहरू छलफलमा जुटेका छन्।
कांग्रेस संस्थापन पक्षले कुनै प्रतिक्रिया नजाएपछि देउवा र कोइराला पक्षका नेताहरू छलफलमा जुटेका हुन्। उनीहरू ठमेलस्थित एक होटलमा छलफल गरिरहेका छन्।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अगुवाइमा शीर्षनेताहरू छलफलमा जुटेको जनाइएको छ। छलफलमा खड्कासँगै डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, बलबहादुर केसी, एनपी साउद, डा. मिनेन्द्र रिजाल लगायतका नेता छन्।
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा प्रहरीले शनिबार बिहान पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो। ओलीको स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा छन् भने लेखकलाई नेपाल प्रहरीका २ नम्बर गणमा राखिएको छ।
राजनीतिक प्रतिशोध साँधेको भन्दै नेकपा (एमाले)ले राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको छ। एमाले कार्यकर्ता प्रदर्शन गरिरहेका छन्।
Shares

प्रतिक्रिया