ग्लोबल


इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा एक व्यक्तिलाई मृत्युदण्ड

इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा एक व्यक्तिलाई मृत्युदण्ड

नेपालखबर
चैत ४, २०८२ बुधबार १३:५७, काठमाडौँ

इजरायलको प्रमुख राष्ट्रिय गुप्तचर संस्था मोसादका लागि जासुसी गरेको आरोपमा इरानमा एक व्यक्तिलाई मृत्युदण्ड दिइएको छ।

इरानी न्यायपालिकाको न्युज एजेन्सी मिजानका अनुसार इजरायलका लागि जासुसी गरेकाले कुरोस केवानी नामका व्यक्तिलाई फाँसी दिइएको हो। 

मिजानले बुधबार लेखेको छ, ‘ती व्यक्तिलाई इजरायलको जासुसी एजेन्सी मोसादलाई इरानका संवेदनशील स्थानका तस्बिर र जानकारी उपलब्ध गराएकामा दोषी ठहर्‍याइएको छ।’

अल जजिराका अनुसार सन्दिग्धलाई गत वर्ष जुनमा इरान र इजरायलबिच भएको १२ दिने युद्धका क्रममा सावजबालाघ सहरमा पक्राउ गरिएको थियो। 

अमेरिका र इजरायले गत फेब्रुअरी २८ मा इरानमा संयुक्त हवाई हमला गरी त्यहाँका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसहित धेरै जना शीर्ष नेता तथा सैन्य अधिकारी मारेयता निरन्तर युद्ध जारी छ। 

जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशहरूमा ड्रोन/क्षेप्यास्त्र प्रहार गरिरहेको छ। जसका कारण मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ।

इरानका अनुसार इजरायल-अमेरिकाको आक्रमणबाट अहिलेसम्म ३ हजारभन्दा बढी मानिस मारिइसकेका छन्।

यसैबिच इजरायलले मंगलबार मात्र इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीको पनि हत्या गरेको छ।

यसपछि आक्रोशित इरानका सैन्य प्रमुख अमिर हतामीले यसको ‘निर्णायक’ बदला लिने चेतावनी दिएका छन्।

इरानका तत्कालीन सर्वोच्च नेता खामेनी मारिएपछि इरानले उनकै छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता बनाएको छ। तर इजरायलले अब उनलाई पनि मारिने धम्की दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad