ग्लोबल


ट्रम्पले भने: 'आज इरानमा ठुलो आक्रमण हुनेछ'

ट्रम्पले भने: 'आज इरानमा ठुलो आक्रमण हुनेछ'

नेपालखबर
फागुन २३, २०८२ शनिबार १८:४३, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आज इरानमा ठुलो आक्रमण हुने बताएका छन्।

शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै उनलेे इरान पूर्ण रूपमा पराजित भइरहेको दाबी गरेका छन्।

उनले अगाडि लेखेका छन्, 'यस (इरान) ले आफ्ना छिमेकी मध्यपूर्व देशहरूसँग माफी मागेको छ र उनीहरूमाथि फेरि आक्रमण नगर्ने वाचा गरेको छ। अमेरिका-इजरायलले निरन्तर आक्रमण गरेका कारण ऊ त्यसो भन्न बाध्य भएको हो।'

ट्रम्पले लेखेका छन्, 'इरानको लक्ष्य मध्यपूर्व कब्जा गर्ने र शासन गर्ने थियो। हजारौँ वर्षमा यो पहिलो पटक हो- इरान आफ्ना छिमेकी मध्यपूर्व देशहरूसँग हारेको छ। उनीहरूले (मध्यपूर्व देशहरूले) भने- धन्यवाद राष्ट्रपति ट्रम्प; मैले भने- स्वागत छ।'

इरान अब मध्यपूर्वका लागि 'धम्की' होइन, 'हार्ने' देश बनेको दाबी उनलेे गरेका छन्।

ट्रम्पले भनेका छन्, 'आज इरानमा ठुलो आक्रमण हुनेछ।' 

यसअघि इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्नो देशको सरकारी टेलिभिजनमा भिडिओ सन्देश जारी गर्दै भनेका थिए, 'मलाई लाग्छ- आक्रमण गरिएका छिमेकी देशहरूसँग माफी माग्नु महत्त्वपूर्ण छ। हाम्रो हाम्रा छिमेकी देशहरूमा आक्रमण गर्ने कुनै मनसाय छैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad