ग्लोबल


भारतबाट फर्किरहेको इरानी युद्धपोतमा श्रीलंकानजिकै अमेरिकाले गर्‍यो आक्रमण, ८० सैनिकको मृत्यु

भारतबाट फर्किरहेको इरानी युद्धपोतमा श्रीलंकानजिकै अमेरिकाले गर्‍यो आक्रमण, ८० सैनिकको मृत्यु

आक्रमपणपछि इरानी युद्धपोत आइरिस डिना।


नेपालखबर
फागुन २०, २०८२ बुधबार १९:५८, काठमाडौँ

भारतबाट फर्किरहेको इरानी युद्धपोत आइरिस डिनालाई अमेरिकाले बुधबार श्रीलंकानजिकै आक्रमण गरेर डुबाइदिएको छ।

आक्रमणमा अहिलेसम्म ८० जना इरानी नाविक मारिएको श्रीलंकाली सरकारले जनाएको छ। 

अमेरिकाका रक्षा सचिव पिट हेगसेथले भने, ‘एक अमेरिकी पनडुब्बीले हिन्द महासागरमा इरानी जहाजलाई टार्पेडोले ठोकाएर डुबाइदिएको छ। श्रीलंकाली नौसेनाले ३२ घाइते नाविकलाई उद्धार गरी अस्पतालमा भर्ना गरेको छ।’

घाइते इरानी नाविकहरूलाई उपचारका लागि अस्पताल लगिँदै।

जहाजमा लगभग १८० नाविक थिए। बेपत्ताहरूको खोजी भइरहेको छ।

इरानी युद्धपोत गत महिना भारतको विशाखापट्टनममा आयोजित २०२६ इन्टरन्यासनल फ्लिट रिभ्युबाट फर्किरहेको थियो।

श्रीलंकाली अधिकारीहरूले अल जजिरालाई बताएअनुसार मद्दतका लागि बुधबार बिहान खबर पठाइएको थियो।

जहाज दक्षिणी श्रीलंकाको गाले सहरबाट लगभग ४० समुद्री माइल (लगभग ७५ किलोमिटर) टाढा थियो।

इरानी युद्धपोतमाथि भएको आक्रमणको भिडिओ..

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad