द्वन्द्व चर्किँदै गएपछि अमेरिकाको विदेश मन्त्रालयले मध्यपूर्वका देशहरूमा रहेका आफ्ना नागरिकलाई सकेसम्म चाँडो त्यहाँबाट बाहिरिन आग्रह गरेको छ।
बहराइन, इजिप्ट, इरान, इराक, इजरायल, वेस्ट बैंक, गाजा, जोर्डन, कुवेत, लेबनन, ओमान, कतार, साउदी अरेबिया, सिरिया, संयुक्त अरब इमिरेट्स र यमनमा रहेका अमेरिकी नागरिकलाई त्यहाँबाट निस्किन भनिएको हो।
अमेरिकाको विदेश मन्त्रालयले आक्रमणको खतरा रहेकाले उनीहरूलाई ती देशबाट सकेसम्म चाँडो बाहिरिन भनेको हो।
इजरायल र अमेरिकाले शनिबार इरानमा आक्रमण गरी त्यहाँका सर्वोच्च नेतासहित शीर्ष नेता तथा अधिकारीको हत्या गरेपछि इरानले पनि उनीहरूविरुद्ध जवाफी हमला गरिरहेको छ।
564
Shares

प्रतिक्रिया