समाज


सवारी दुर्घटनामा ७ जनाको मृत्यु, ५ घाइते

सवारी दुर्घटनामा ७ जनाको मृत्यु, ५ घाइते

नेपालखबर
फागुन १९, २०८२ मंगलबार ८:५२, काठमाडौँ

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्।

कास्कीको पोखरा महानगरपालिका-२९ आर्दश चोकस्थित सडकमा पार्किङ गरी राखेको ट्याक्टरमा स्कुटर ठोकिँदा १४ वर्षीय किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

रोकिराखेको ग.१ त ३९७८ नम्बरको ट्याक्टरमा तालचोकबाट गगनगौँडातर्फ जाँदै गरेको ग.१९ प ६३७६ नम्बरको स्कुटर ठोक्किँदा पोखरा महानगरपालिका-२९ शान्ति टोल बस्ने १४ वर्षीय जेनिस कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनापछि ट्याक्टर चालक फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।  

त्यसैगरि सुनसरीको बर्जु गाउँपालिका-१ शुक्रबारेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। 

ना.६ ख २२५६ नम्बरको ट्रकले को.३१ प ५५४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हाल नाम, थर र वतन नखुलेका अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।

त्यसैगरि रूपन्देहीको सैनामैना नगरपालिका-९ ज्योती टोलमा दुई मोटरसाइकल आपसमा ठोकिँदा एक युवकको मृत्यु भएको छ। 

लु.७६ प ३७३४ नम्बरको मोटरसाइकल र लु.२० प ३०२३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा ती युवकको मृत्यु भएको हो। 

मृत्यु हुनेमा लु.२० प ३०२३ नम्बरको मोटरसाइकल चालक सैनामैना नगरपालिका-९ पिपलडाँडा बस्ने बुटवल उपमहानगरपालिका-११ घर भएका २४ वर्षीय लक्ष्मण चौधरी छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। 

साथै दुर्घटनामा घाइते भएका लु.७६ प ३७३४ नम्बरको मोटरसाइकलमा सवार २ जनाको सैनामैना पोलिक्लिनीक बाँसगढीमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ।

बाराको प्रसौनी गाउँपालिका-२ माछा बजारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। 

ना.३८ प ४१९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार पर्सा पोखरिया नगरपालिका-४ सेमरबारी बार्वा बस्ने २५ वर्षीय श्यामसुन्दर चौहानको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

त्यसैगरि सप्तरीको सुरुङ्गा नगरपालिका-३ कडरवा चोकमा स्कार्पिओको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। 

गाईघाटबाट लहानतर्फ जाँदै गरेको म.प्र.०६-००-१ च ००२९ नम्बरको स्कार्पिओको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६८ वर्षीया पुष्पा खड्काको मृत्यु भएको हो। 

ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ।

त्यसैगरि सिन्धुलीको हरिहरपुरगढीमा मोरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। 

हरिहरपुरगढी गाउँपालिका-२ रतनपुरस्थित सडकमा सिन्धुलीबाट हेटौँडातर्फ जाँदै गरेको बा.४४ प ९८१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। 

दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरको थाहा नगरपालिका-९ चितलाङ बस्ने ३१ वर्षीय सुसान्त चित्रकारको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको मदनभण्डारी प्रतिष्ठान अस्पताल मकवानपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

त्यसैगरि कपिलवस्तुमा टेलरको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु भएको छ। 

महाराजगंज नगरपालिका-३ जमुनीस्थित सडकमा लु.२ ख ६१९५ नम्बरको टेलरले ठक्कर दिँदा सोही ठाउँ बस्ने रामसजन पासीकी छोरी करिब २ वर्षीया प्रियन्का पासीको मृत्यु भएको हो।

दुर्घटनापछि टेलर चालकलाई नियन्त्रणमा लिइएको र यी सबै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad