ग्लोबल


तेल अभिभमा साइरनको त्रास, दूतावासले भन्यो- सबै नेपाली सुरक्षित

तेल अभिभमा साइरनको त्रास, दूतावासले भन्यो- सबै नेपाली सुरक्षित

नेपालखबर
फागुन १६, २०८२ शनिबार २२:८, काठमाडौँ

अमेरिका र इजरायलले शनिबार बिहान इरानमाथि संयुक्त हवाई आक्रमण गरेपछि मध्यपूर्वमा दीर्काघलीन युद्धको जोखिम बढेको छ। 

इरानले पनि इजरायली सहरहरूलाई लक्षित गरी मिसाइल प्रत्याक्रमण सुरु गरेको छ। यसले इजरायलको राजधानी तेल अभिभसहितका प्रमुख सहरहरूमा दिनभर चेतावनीका साइरनहरू बजिरहेका छन्।

युद्धको पछिल्लो विकासक्रमसँगै तेल अभिभस्थित नेपाली दूतावासले इजरायलमा रहेका करिब ८ हजार नेपालीलाई ‘हाई अलर्ट’मा रहन विशेष सूचना जारी गरेको छ। दूतावासले स्थानीय ‘होम फ्रन्ट कमान्ड’को निर्देशन कडाइका साथ पालना गर्न र साइरन बज्नेबित्तिकै नजिकको बंकरमा जान आग्रह गरेको छ।

इजरायलका लागि कार्यवाहक नेपाली राजदूत ओमकुमार भण्डारीका अनुसार इजरायलमा रहेका सबै नेपाली सुरक्षित छन्। ‘हामीले यहाँ रहेका सबै नेपालीलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन भनेका छौँ, अहिलेसम्म सबै नेपाली सुरक्षित हुनुहुन्छ,’ भण्डारीले नेपालखबरसँग भने।

दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘इजरायली अधिकारीहरूद्वारा जारी सुरक्षा सल्लाहको पालना गर्नुहोस्। सकेसम्म घरभित्रै बस्नुहोस् र यात्रा गर्नै परे पूर्वअनुमति लिएर मात्र निस्कनुहोस्।’ कुनै समस्या परेमा दूतावासको आपतकालीन नम्बर ९७२-५४५५८२०७७ मा सम्पर्क गर्न भनिएको छ।

इरानबाट प्रहार गरिएका मिसाइललाई आकाशमै नष्ट गर्न इजरायलले आफ्नो बहुचर्चित ‘आइरन डोम’ र ‘एरो’ डिफेन्स सिस्टमलाई पूर्ण क्षमतामा परिचालन गरेको छ। 

हालै मात्र जीटुजी प्रक्रियामार्फत इजरायल जान ठिक्क परेका करिब ८ सय नेपाली सहायक कामदारलाई युद्धको असर पर्ने भएको छ। दूतावासका अनुसार इजरायलमा हाल ६ हजार वैध र करिब २ हजार अवैध गरी ८ हजार नेपाली कार्यरत छन्। 

उनीहरूमध्ये अधिकांश केयरगिभर र कृषिक्षेत्रमा कार्यरत छन्, जो सिधा युद्धको जोखिममा रहेका क्षेत्रहरूमा समेत छरिएर रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad