इरानमा १५ दिनदेखि हिंसात्मक प्रदर्शन जारी छ।
इरानस्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) का अनुसार हिंसामा अहिलेसम्म ५४४ जनाको मृत्यु भइसकेको छ। जसमा आठ बालबालिका छन्।
यसैबीच १० हजार ६८१ जनालाई प्रहरीले पक्राउ गरेको जनाइएको छ।
सीएनएनका अनुसार, इरानको राजधानी तेहरानको एक अस्पतालबाहिर शवको थुप्रो लागेको छ। जहाँ केही मानिस आफ्ना परिवारका सदस्य खोजिरहेका छन्।
यसैबीच इरानका विदेशमन्त्री अब्बास अराघचीले वर्तमान अवस्थालाई आतंकवादी युद्धको संज्ञा दिएका छन्।
उनले सोमबार भनेका छन्, ‘इरानमा जे भइरहेको छ, त्यो आतंकवादी युद्ध हो।’
अब्बास अराघचीले आतंकवादी तत्त्वहरूले सरकारी भवन, प्रहरी चौकी र व्यापारिक प्रतिष्ठानमा आक्रमण गरेको आरोप लगाएका छन्।
घटना योजनाबद्ध रूपमा गरिएको दाबी उनले गरेका छन्।
Just the other day, an innocent young woman in the United States—an American citizen and mother of three—was executed by ICE at point-blank range. The U.S. Administration labeled her a "domestic terrorist" while President Trump called it a matter of self-defense; the Department… https://t.co/WiAu92eDNh pic.twitter.com/8IWzvC8M6l
— Seyed Abbas Araghchi (@araghchi) January 11, 2026
Shares

प्रतिक्रिया