ग्लोबल


दिल्लीमा प्रदर्शनकारी संसद् भवनतर्फ अगाडि बढेपछि अश्रुग्यास प्रहार

दिल्लीमा प्रदर्शनकारी संसद् भवनतर्फ अगाडि बढेपछि अश्रुग्यास प्रहार

नेपालखबर
साउन ४, २०८३ सोमबार १४:५५, काठमाडौँ

भारतको राजधानी दिल्लीमा ककरोच जनता पार्टी (सीजेपी) को प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार ककरोच जनता पार्टीका संस्थापक अभिजित दीपके र सोनम वाङचुककी श्रीमती गीताञ्जली जे आङ्मोले संसद्तर्फ मार्च गर्ने प्रयास गर्दा प्रहरीले अश्रुग्यास हानेर रोकेको हो। 

दीपके र गीताञ्जलीको नेतृत्वमा प्रदर्शनकारीहरू संसद्‌तर्फ जाँदै गर्दा प्रहरीले अश्रुग्यास र ब्यारिकेडद्वारा अवरोध गरेको हो।

ककरोच जनता पार्टीले सोमबार राजधानी दिल्लीमा ‘चलो संसद्’ मार्च आयोजना गरेको हो।

यसअघि प्रहरीले प्रदर्शनकारीलाई लाठीले पनि हानेको थियो।

दिल्ली प्रहरीले सीजेपीलाई मार्चका लागि कुनै अनुमति नदिइएको बताएको छ।

भारतीय संसद्‌को मनसुन अधिवेशन आजै जुलाई २० तारिख सुरु हुँदै छ।

प्रदर्शनकारीहरू मनसुन अधिवेशनको पहिलो दिन संसद् भवनमा गएर आफ्ना माग प्रस्तुत गर्न चाहन्थे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad