अमेरिकी सेनाले जनवरी २ राति भेनेजुएलामा आक्रमण गर्दै त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई अपहरण गरेर अमेरिका पुर्याएको छ।
अहिले उनीहरूलाई न्युयोर्कस्थित हिरासत केन्द्रमा राखिएको छ।
मदुरोविरुद्ध हतियार र लागुपदार्थ सम्बन्धी आरोपमा मुद्दा चलाउने तयारी अमेरिकाले गरेको छ।
यसैबीच अमेरिकाको आक्रमणले भेनेजुएलाको सबैभन्दा ठूलो सैन्य अड्डा फुएर्टे ट्युना ध्वस्त भएका केही तस्बिर सार्वजनिक भएका छन्।
त्यहीँबाट मदुरो र उनकी श्रीमतीलाई शनिबार अमेरिकी सेनाले पक्रेको बताइएको छ।
त्यहाँ जलेर ध्वस्त भएका सवारीसाधन र भवनका तस्बिर यस्ता छन् :



मदुरोलाई अमेरिकाले नियन्त्रणमा राखेपछि भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाइएको छ।
भेनेजुएलाको सर्वोच्च अदालतले डेल्सीलाई पदभार ग्रहण गर्न आदेश दिएको हो।
Shares

प्रतिक्रिया