अमेरिकाले नियन्त्रणमा लिएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई न्युयोर्क सहरको मेट्रोपोलिटन डिटेन्सन सेन्टर (एमडीसी) मा लगिएको छ।
सुरुमा न्युयोर्कको स्टुअर्ट एयर नेसनल गार्ड बेसमा राखिएका मदुरोलाई हेलिकप्टरबाट म्यानहट्टन र त्यसपछि ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टर (जेल) मा लगिएको हो।
भिडिओ :
BREAKING: Maduro has landed by helicopter in NYC at the 30th street Helipad, to be processed and transfered after U.S. Capture
Video by @yyeeaahhhboiii2 @FreedomNTV [email protected] to license pic.twitter.com/WDDIggLfbG — Oliya Scootercaster 🛴 (@ScooterCasterNY) January 4, 2026
अब यो जेल पहिले विलासी जीवन बिताइरहेका मदुरोका लागि निकै दु:खदायी हुनेछ।
एमडीसी अमेरिकाका सबैभन्दा खराब जेलमध्ये एक मानिन्छ। जुन अत्यन्तै फोहोर र भयानक रहेको बताइन्छ।
उक्त जेलमा कैदीबीच हिंसात्मक झडप सामान्य मानिन्छ।
सन् २०२४ जुनमा त्यहाँ एक कैदीलाई छुरा प्रहार गरी मारिएको थियो भने एक महिनापछि झगडामा अर्का कैदी मारिएका थिए।
मदुरोलाई अर्को हप्ता लागुऔषध र हतियारसम्बन्धी आरोपमा म्यानहट्टनको संघीय अदालतमा उपस्थित गराइने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
अमेरिकी सेनाले शनिबार भेनेजुएलामा हवाई हमला गरी राष्ट्रपति मदुरो दम्पतीलाई अमेरिका लगेको हो।
Shares

प्रतिक्रिया