समाज


६ जिल्लामा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु

६ जिल्लामा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
पुस २०, २०८२ आइतबार १५:३, काठमाडौँ

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर सात जनाको मृत्यु भएको छ।  

प्रहरीका अनुसार मोरङको सुन्दरहरैंचा–६ चन्द्रसुर्य टोलमा शनिबार साँझ को.३४ प ६४५४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा तेह्रथुमका २५ वर्षीय सुभाष श्रेष्ठको मृत्यु भएको छ। 

त्यसैगरि चितवनको भरतपुर–२ शहीदचोकमा पनि मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

रोकि राखेको  बा.प्र ०३-००१ च ०८८६ नम्बरको मिनि भ्यानमा बा।९५ प ९२३ नम्बरको मोटसाइकल ठोकिँदा मोटरसाइकलमा सवार लंकु बस्ने ३४ वर्षीय अबिद हुसेनको ज्यान गएको हो। 

त्यसैगरि सिन्धुपाल्चोकको मेलम्चीमा पनि मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा हेलम्बु–७ का ३१ वर्षीय दीपक पण्डितको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरि नवलपरासी पूर्वको गैंडाकोटमा ट्रकको ठक्करबाट ८२ वर्षीय पैदलयात्री यमनाथ पौडेलको मृत्यु भएको छ।

रोल्पाको सुनछहरी गाउँपालिका–१ मा बोलेरो जिप अनियन्त्रित भई पल्टिँदा १२ वर्षीय सुनिल विक र १२ वर्षीया दीपा पुनको ज्यान गएको छ। सोही दुर्घटनामा अन्य ९ जना घाइते भएका छन्। 

यसैगरी, रूपन्देहीको तिलोत्तमा–१ वनबाटिकामा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा भारतीय नागरिक २५ वर्षीय अनुभवको मृत्यु भएको प्रशरीले जनाएको छ। 

यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad