रुसको राजधानी मस्कोमा सेनाका जनरल मारिनेगरी कार बम पड्केको ३ दिन नबित्दै गएराति फेरि अर्को विस्फोट हुँदा २ प्रहरीसहित ३ जनाको मृत्यु भएको छ।
द गार्डियन पत्रिकाका अनुसार स्थानीय समय मंगलबार राति १.३० बजे भएको विस्फोटमा रुसी २ ट्राफिक प्रहरी र अर्का एक व्यक्तिको मृत्यु भएको हो।
रुसको अनुसन्धान समितिद्वारा बुधबार जारी विज्ञप्तिअनुसार राजधानी मस्कोको दक्षिणमा येलेत्स्काया स्ट्रिटमा प्रहरीको गाडीनेर रहेका एक शंकास्पद व्यक्तिनजिक पुग्दा विस्फोटक पदार्थ विस्फोट भएको थियो।
रुसी टेलिग्राम च्यानलले मृत्यु हुने तेस्रो व्यक्तिले विस्फोटक पदार्थ राखेको आशंका गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।
यसअघि सोमबार मात्र राजधानी मस्कोमै कार बम विस्फोट हुँदा रुसी सेनाका लेफ्टिनेन्ट जनरल फामिल सरभारोभको मृत्यु भएको थियो।
Shares

प्रतिक्रिया