राजनीति


कस्तो हुनेछ एमालेको केन्द्रीय नेतृत्व?

कस्तो हुनेछ एमालेको केन्द्रीय नेतृत्व?

नेपालखबर
मंसिर २८, २०८२ आइतबार १४:३१, काठमाडौँ

नेकपा (एमाले)को विधान महाधिवेशनले गरेको व्यवस्था परिवर्तन गरिएसँगै आगामी केन्द्रीय नेतृत्वमा केही फेरबदल हुने भएको छ। 

तीन महिनाअघि ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले दुई सय ५१ सदस्यीय केन्द्रीय कमिटी हुने व्यवस्था गरेको थियो। त्यस्तै, त्यसको एकतिहाई पोलिटब्यूरो र त्यसको एकतिहाई स्थायी कमिटी हुने तय गरेको थियो। 

त्यससँगै पदाधिकारी पनि घटाएको थियो। १९ सदस्यीय पदाधिकारीलाई १५ सदस्यीय बनाएको थियो। 

तर, एघारौँ महाधिवेशनको बन्दसत्र सुरु हुनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमार्फत विधान अधिवेशनले गरेको व्यवस्था फेरबदल गरेका छन्। संगठनामत्क संरचनामा विधान अधिवेशनको व्यवस्थामा केही थपघट गरिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। 

अब एघारौँ महाधिवेशनबाट १९ सदस्यीय पदाधिकारी चयन गरिनेछ। यसअघि रहेको वरिष्ठ उपाध्यक्षको पद भने हटाइएको छ। ‘हामी उपाध्यक्ष मात्रै राखेका छौं पाँच वटा। वरिष्ठ उपाध्यक्षको प्रबन्ध गरिएको छैन,’ गौतमले भने। 

दशौँ महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल आएका थिए। उनले एघारौँ महाधिवेशनमा अध्यक्ष उम्मेदवारी दिन लागेका छन्। 
अब एमालेमा अध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन र सचिव नौ जना रहेछन्। यसअघि उपाध्यक्ष ६ र सचिव सात रहेका थिए। 

त्यस्तै, केन्द्रीय कमिटी तीन सय एक सदस्यीय हुनेछ। त्यसको एकतिहाई अर्थात ९९ देखि एक सय एक सदस्यीयसम्मको पोलिटब्यूरो रहने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए। 

पोलिटब्यूरोको एकतिहाइ स्थायी कमिटी राख्ने निर्णय गरिएको छ। यो भनेको ३० देखि ३३ सदस्यसम्म हुनेछ। 

नयाँ नेतृत्व चयनका लागि आजै अपराह्न एमालेको एघरौँ महाधिवेशनको बन्दसत्र सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad