ग्लोबल


बिहार चुनावको अन्तिम नतिजा घोषणा नहुँदै भाजपा मुख्यालयमा विजयोत्सव

बिहार चुनावको अन्तिम नतिजा घोषणा नहुँदै भाजपा मुख्यालयमा विजयोत्सव

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार २०:५६, काठमाडौँ

बिहार विधानसभा चुनावको अन्तिम नतिजा घोषणा हुन बाँकी छँदै शुक्रबार साँझ भारतीय जनता पार्टी (भाजपा) ले दिल्लीस्थित पार्टी मुख्यालयमा एनडीएको विजय उत्सव मनाएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा मुख्यालय पुगेर ४२ मिनेट भाषण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

उनले भने, ‘बिहारका जनताले हलचल मच्चाएका छन्। अब 'कट्टा' सरकार कहिल्यै फर्कने छैन।’

यस क्रममा उनले कंग्रेस, आरजेडी, पश्चिम बंगाल, केरला र तमिलनाडु चुनाव पनि उल्लेख गरे। उनले बंगालमा पनि भाजपाले सरकार बनाउने दाबी गरे।

उनले भने, ‘कंग्रेस अब मुस्लिम लिग माओवादी पार्टी बनेको छ।’

प्रधानमन्त्री मोदी शुक्रबार साँझ ६:५१ बजे भाजपा मुख्यालयमा पुगेका थिए।

उनले गमछा (स्कार्फ) हल्लाएर कार्यकर्ताहरूलाई स्वागत गरे। सबै कार्यकर्ताले गमछा (स्कार्फ) हल्लाएरै प्रतिक्रिया दिए।

भारतीय पत्रिका दैनिक भास्करका अनुसार बिहारमा एनडीए सरकार बन्ने भएको छ।

गठबन्धनले २४३ मध्ये २०२ सिट जितेको छ भने महागठबन्धनले केवल ३५ सिट जितेको छ।

यद्यपि निर्वाचन आयोगले आधिकारिक घोषणा गरिसकेको छैन। 

बिहारमा सरकार बनाउन १२२ सिट आवश्यक पर्छ।

एनडीएका प्रमुख दलहरूमा जनता दल युनाइटेड (जेडीयू), भारतीय जनता पार्टी (भाजपा), लोक जनशक्ति पार्टी (एलजेपी) र हिन्दुस्तानी अवम मोर्चा (एचएएम) छन्।

महागठबन्धनमा राष्ट्रिय जनता दल (आरजेडी), कंग्रेस, विकासशील इन्सान पार्टी (भीआईपी), वामपन्थी दल र भारतीय समावेशी पार्टी (आईआईपी) छन्।

बिहार विधानसभा चुनावको मतदान नोभेम्बर ६ र ११ मा दुई चरणमा गरिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad