विश्वको सबैभन्दा ठूलो युद्धपोत यूएसएस जेराल्ड आर. फोर्डको नेतृत्वमा अमेरिकाको नौसेना स्ट्राइक फोर्स क्यारिबियन सागरमा पुगेको छ।
यो खबर अमेरिकी नौसेनाले पुष्टि गरेको बीबीसीले जनाएको छ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना क्यारिबियनमा यो स्ट्राइक फोर्स तैनाथ गर्न आदेश दिएका थिए।
यो तैनाथी यस्तो समयमा गरिएको हो जतिबेला लागुपदार्थ तस्करहरूविरुद्ध अमेरिकाले आक्रमण गरिरहेको छ। र, जसका कारण अमेरिका र भेनेजुएलाबीच तनाव बढिरहेको छ।
हालसम्म अमेरिकाले क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा कम्तीमा १९ वटा आक्रमण गरिसकेको छ, जसमा कम्तीमा ७६ जना मारिएका छन्।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र अन्य अधिकारीले अमेरिकाले देशको वामपन्थी समाजवादी सरकारलाई उल्टाउने प्रयास गरेको आरोप लगाएका छन्।
87
Shares

प्रतिक्रिया