फिलिपिन्समा विनाश मच्चाएपछि कालमेगी आँधी भियतनामतिर अघि बढिरहेको छ।
भियतनाम मौसम विज्ञान विभागका अनुसार, यो चाँडै तटीय क्षेत्रमा पुग्ने अनुमान गरिएको छ, जसले गर्दा ८ मिटर (२६ फिट) सम्मका छाल आउन सक्छन्।
भियतनामको तटीय क्षेत्रमा बसोबास गर्ने हजारौँ मानिसलाई घर छाड्न भनिएको छ। ५० भन्दा बढी उडान रद्द वा समय परिवर्तन गरिएका छन्।
मंगलबार फिलिपिन्समा उक्त आँधीले ठूलो विनाश गराएको छ।
लाखौँ मानिसलाई घर छाड्न बाध्य पारेको छ भने कम्तीमा ११४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
111
Shares

प्रतिक्रिया