ग्लोबल


अमेरिकामा कार्गो विमान दुर्घटना: ७ जनाको मृत्युु, ११ घाइते (भिडिओ)

अमेरिकामा कार्गो विमान दुर्घटना: ७ जनाको मृत्युु, ११ घाइते (भिडिओ)

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार १३:३६, काठमाडौँ

बुधबार अमेरिकी राज्य केन्टकीको लुइसभिलमा कार्गो विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने कम्तीमा ११ जना घाइते भएका छन्।

संघीय उड्डयन प्राधिकरण (एफएए) का अनुसार, यूपीएस उडान २९७६ मुहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाईको होनोलुलुस्थित डेनियल इनोये अन्तर्राष्ट्रिय विमानस्थल जाँदै थियो।

एफएएले दुर्घटना साँझ ५:१५ बजे (स्थानीय समय) भएको बताएको छ। सामाजिक सञ्जालमा सार्वजनिक  भिडिओमा आगोको ज्वाला देखिएको छ।

बीबीसीका अनुसार, विमानमा लगभग ३८,००० ग्यालन इन्धन (लगभग १.५ लाख लिटर तेल) थियो, जुन विस्फोटपछि आगलागी भयो।

प्रहरीले विमानस्थलको ८ किलोमिटर वरपरका बासिन्दालाई घरभित्रै बस्न आदेश दिएको छ। विमानस्थल पनि अस्थायी रूपमा बन्द गरिएको छ।

NEW: Large explosions after UPS Flight 2976 crashes near Louisville International Airport in Kentucky pic.twitter.com/qQ2bSug3tz

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad