राजनीति


यो सरकारलाई छिमेकी देशको हतारहतार बधाई आयो, यसमा कांग्रेसको धारणा प्रष्ट हुनुपर्‍यो: उदय शमशेर राणा

यो सरकारलाई छिमेकी देशको हतारहतार बधाई आयो, यसमा कांग्रेसको धारणा प्रष्ट हुनुपर्‍यो: उदय शमशेर राणा

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार १३:४१, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शमशेर राणाले वर्तमान सरकारबारे पार्टीको धारणा सार्वजनिक गर्न माग गरेका छन्। जारी केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्नेक्रममा उनले पार्टीको ध्यान राष्ट्रिय राजनीतिमा नभएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराए।  

'राष्ट्रिय राजनीतिमा हाम्रो धारणा के हो? हाम्रो ध्यान गएको छ कि छैन?,' उनले प्रश्न गर्दै भने, 'हामी कहाँ उभिएका छौँ? यो सरकार आइसकेपछि मित्र राष्ट्रसहित सबैले हतार हतार यो सरकारलाई समर्थन गरेका छन्। नरेन्द्र मोदीदेखि जम्मैले बधाई दिए। एकपटक होइन दुई-दुई पटक। राजदूतहरू साँघुरो कोठामा हतारिएर गएका बधाई दिन पुगेका छन्।'

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि एमाले र कांग्रेसको गठबन्धन सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। यो सरकार गठन भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितले बधाई दिएका थिए। 

उनले केन्द्रीय समिति बैठकमा महाधिवेशन, विशेष महाधिवेशनबाहेक केही कुरै नभएको भन्दै आपत्ति नजाए।  'नेताहरू मिलेर आउन् भन्ने कार्यकर्ताको भनाइ छ। यो बैठकले हाम्रो एजेन्डा के हो क्लियर हुनुपर्छ।  

बैठक लामो चलिसक्यो। बाहिर माहोल अर्कै छ। विशेष महाधिवेशन गर्ने कि के गर्ने?, नियमित गर्ने कि के गर्ने? बाहेक केही कुरा भएन। अहिले देशको एजेन्डा यही हो?,' उनले भने, 'एमालेले आफ्नो कुरा क्लियर गरिसक्यो हाम्रो तयसमा समर्थन नहोला तर उसको कुरा क्लियर भइसक्यो। माओवादी सानापार्टी मिलाउन लागेको छ। स्वतन्त्र पार्टी डायलग गरिरहेको छ।'

उनले जेनजी आन्दोलनको क्रममा सभापति शेरबहादुर देउवामाथि आक्रमण हुँदै कोही नबोलेको विषयमा किन छलफल गरिएन? भन्दै प्रश्न गरे। 

उनले पार्टीको विशेष महाधिवेशन भने गर्न नहुनेमा आफू क्लियर रहेको बताए। 'पार्टी अधिवेशनको कुरा गर्दा  एउटा कुरामा म क्लियर छु। हामी विशेष महाधिवेशनमा जानुहुँदैन। महाभारतको चक्रव्युहमा छिर्छौँ। हामी जान्छौँ तर निस्किन सक्दैनौँ। हामी एक भएर आउँछौँ, भाँचिएर आउँछौँ वा आउँदै आउँदैनौँ। त्यसैले यसमा लाग्नुहुँदैन,' उनले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad